बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान गीतकार संघ नेपाल अक्षय-कोष

नेपाल अधिराज्यमा रहेका विभिन्न जातजातिका मातृभाषा गीत संगीतको अनुसन्धान,संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै मातृभाषा गीतकारहरुको हक हित र सुरक्षाका लागि गीतकार संघ नेपालको अनुकुलतामा गीत संगीत प्रतिको दिगो विकासमा टेवा पु¥याउने अभिप्रायले साथै वार्षिक रुपमा गीतकार सङ्घ नेपालबाट सम्बन्धीत मातृभाषाका अभिभावक संस्थालाईअनुरोध गरी छनौट समितिद्वारा छनौट वा मनोनित मातृभाषा गीतकार सिफारिस भई आएको स्रष्टालाई यसै अक्षयकोषको प्राप्त ब्याज रकमबाट सम्मान स्वरुप रु २५,२५२ ।– (अक्षेरुपी पच्चिस हजार पाँच सय बाउन्न रुपैयाँ मात्र) यसै वर्ष २०७८ सालबाट प्रदान गरी शुरुवात गरिएकोछ ।

हाल यस अक्षयकोषका कोषदाता तथा संरक्षक गोरखा जि.वारपाक ८ गोरखा साविक वारपाक सुलिकोट गा.पा वडा नं. २ वारपाक निवासी श्री रण बहादुर घलेका नाति श्री बिष्णु प्रसाद घलेका छोरा वर्ष ५५ को श्री जित बहादुर घले (जे.बी समयोगी) बाट बीज रकम रु ५,००,०००।–(अक्षेरुपी पाँच लाख मात्र )गीतकार सङ्घ नेपाल द्वारा स्थापित बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान गीतकार सङ्घ नेपाल अक्षयकोष –२०७८ लाई प्रदान गर्नु भएकोछ ।