अमर भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार संघ नेपाल अक्षय-कोष

नेपालको गीत संगीतको विकास प्रवद्र्धन गर्दै गीतकारको हक हित सुरक्षा तथा संरक्षणको लागि गीतकार सङ्घ नेपालको हित अनुकुलतामा यसको सम्बद्र्धन गर्दै गीत संगीत प्रतिको दिगो विकासमा टेवा पु¥याउने अभिप्रायले साथै वार्षिक रुपमा अग्रज गीतकारहरु मध्येबाट एकजना अग्रज गीतकार मनोनयन गरी यसै अक्षयकोषको प्राप्त ब्याज रकमबाट रु १,५१,०००।– (अक्षेरुपी एक लाख एकाउन्न हजार मात्र) अमर भावना राष्ट्रिय स्रष्टा सम्मान स्वरुप २०७४ साल देखि प्रदान गरिदै आएकोछ ।

यस कोषका दाता तथा संरक्षक भोजपुर जिल्ला टेम्के मैयुङ गाउँपालिका वडा.नं. ४ बस्ने हर्क राईको नाति, लक्ष्मी प्रसाद राईको छोरा अमर सिहं राई (अमर वान्तु) र वहाँकी धर्मपत्नी श्रीमती भावना राईबाट रु २०,००,०००।–(अक्षेरुपी बीस लाख रुपैयाँ मात्र) गीतकार सङ्घ नेपालद्वारा स्थापित ‘ अमर भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार सङ्घ नेपाल अक्षयकोष –२०७८’ लाई रकम प्रदान गर्नु भएको छ ।