नेपाली गीति क्षेत्रसंग सम्बन्धीत लेखन, कृति, श्रव्य, दृष्य, लिखित अभिलेख तथा जीबनसंग सम्बन्धीत लेख, रचना र अन्य सामग्रीहरुबारे सम्बन्धीत गीतकार र विज्ञ वा व्यक्तित्वहरुको शोध, अनुसन्धान, अन्वेषण, संरक्षण, सम्बर्धन, प्रवद्र्धन जस्ता कार्यहरुलाई सम्मान तथा पुरस्कृत गरी गीतकारहरुको समग्र हकहित र सुरक्षाका साथै गीत सङ्गीत प्रतिको दिगो विकासमा टेवा पु¥याउने अभिप्रायले यस अक्षयकोषको स्थापना भएकोछ ।
हाल यस अक्षयकोषका कोषदाता तथा संरक्षक काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं. ७ चावहिल निवासी श्री गोपीनाथ रिमालका नाति गीतकार श्री भैरवनाथ रिमाल ‘कदम’का छोरा वर्ष ४६ को श्री अभिषेक रिमालबाट अक्षयकोष स्थापनार्थ बीज रकम रु १,११,१११।– ( अक्षेरुपी एकलाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) गीतकार सङ्घ नेपालद्वारा स्थापित भैरबनाथ रिमाल ‘कदम’ स्मृति गीतकार सङ्घ नेपाल अक्षयकोष –२०७८ लाई प्रदान गर्नु भएकोछ ।