वि.सं. २०३१ जेष्ठ ६ गते कालिका न.पा.–६, शान्तिचोक चितवनमा जन्म भई हाल कालिमाटी काठमाडौं बस्दै आउनुभएको अमृत लाल सुनार देवकोटा) का आमा देवीमाया सुनार र बाबा सिताराम सुनार हो । बाल्यकालदेखि नै साहित्य र संगीत प्रति चासो राख्ने सुनारको हाल सम्मको प्रकाशित एल्बम कृतिहरुमा ‘आधा तस्विर’ एल्बम २०६८ , कलेक्सन एल्बम ‘फलामे खिल बनेर’ २०६९, ‘यो सम्झिने मन छ’ लगायत केही फिल्ममा गीत लेखिसक्नु भएको छ ।
सानैदेखि कला, साहित्य, गीत सङ्गीत, समाज सेवामा रुचि राख्ने अमृत साहित्यका अलावा लामो समयदेखि विभिन्न औद्योगिक प्रतिष्ठान तथा व्यापार व्यवसाय सञ्चालनमा समेत संलग्न हुनुहुन्छ । सुन चाँदी व्यवसाय सङ्घ लगायत अन्य विभिन्न संघ संस्थाहरुमा सव्रिmय रुपमा काम गर्दै आइरहनु भएका अमृत सुनार गीतकार सङ्घ नेपालको आजीवन सदस्य तथा वर्तमान कार्यसमितिको सदस्य हुनुहुन्छ ।