जन्म हङकङमा भएका गीतकार बाल कुमार गुरुङ (बालक) को पुख्र्यौली घर भोजपुर मोरङ, सुनसरी हुँदै हाल बसुन्धरा काठमाण्डौंमा स–परिवार बस्नु हुन्छ । कानुन शास्त्र स्नातक तह अध्ययन गर्दा गर्दै वैदेशिक रोजगारमा होमिनु भएका गुरुङ वि.सं. २०४७ – २०६८ सालसम्म कुवेतमा कार्यरत रही, साउदी अरब, ईमारत, कतार, बहराईन, ईराक, टर्की, ईटली जस्ता राष्ट्रहरुका समेत विदेश भ्रमण गरिसक्नु भएको छ ।
विद्यार्थी जिवन देखि नै कविता, निबन्ध र गीत सिर्जनामा सक्रिय रहेका बालक गुरुङ प्रवासमा रहेर पनि लेखन क्षेत्रमा लामो समयदेखि कलम चलाई रहदा उहाँले ‘पर्खाल’ समसामयिक साहित्यिक संगालो २०४६ धरान, ‘स्टार’ लोक पप गीति एल्वम प्रकाशन (२०६५) कुवेत कर्म…… नेपाली लोक आधुनिक गीति संग्रह (२०६८), उपन्यास ‘ओईली झरेछ सयपत्री’ (२०७०) काठमाण्डौं ‘सुर सुगन्ध’ लोक आधुनिक गीति संग्रह (२०४७) जस्ता कृतिहरु प्रकाशनमा ल्याउनु भएको छ ।
प्रवासमा रहेर पनि नेपाली भाईचाराको समृद्ध चाहने गुरुङ, माउण्ट एभरेष्ट स्पोर्टि क्लब काठमाडौं कुवेत, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर, एन आर एन ए – एन सि सि कुवेत, तमु समाज कुवेत आदि सामाजिक सङ्घ संस्थाहरुमा क्रियाशिल एवम् आबद्ध रहनु भएका गुरुङ हात पौरखी नेपालको आजिवन सदस्य र गीतकार सङ्घ नेपालको आजिवन सदस्य सहित दोस्रो कार्यकालको निम्ति सदस्य हुनुहुन्छ ।
प्रवासमा रहेर नेपाली गीत संगीत र भाषा साहित्यमा सिर्जनात्मक काममा कलम चलाई रहने बालक गुरुङ सामाजिक परिवर्तन र वैदेशिक रोजगारमा रहेका कामदरहरुको सहयोग र उद्धारमा सक्रिय हुनुहुन्थ्यो । फलस्वः उहाँ प्रवासमा रहँदा, उत्कृष्ट साहित्यकार वर्ष पुरस्कार २०६५, आजीवन सेवा समानज २०६६–कुवेत नेपाल डट कम अनलाईन मिडिया एवं छापा म्यागजिन मरुभूमिको कोसेली कुवेतबाट सम्मानित हुनु भएको छ भने वैदेशिक रोजगारलाई बिट मार्दै २०६८ साल देखि स्वदेश फर्किएर नेपाली गीत संगीत क्षेत्रमा एक सक्रिय स्रष्टाको रुपमा सिर्जनात्मक काम गर्दै क्रियाशील हुनुहुन्छ ।