तनहुँ जिल्लाको मनपाङ्ग गाविस वडा नं. ९ अर्चलेमा जन्मनु भएका गीतकार बसन्त वित्यासी थापा बसन्त बहादुर थापा) ले गीति लेखन वि.सं. २०४३÷४४ साल देखि थाल्नु भएता पनि वि.सं. २०४८ र ४९ साल देखि गीत रेकर्डिङ गराउनु भएका थापाका प्रतिविम्व–३ अवीरल (वि.सं. २०४९साल), प्रतिविम्ब–४ अनुरोध वि.सं. २०५६ साल), मित्रता (वि.सं. २०५९ साल) दशक वि.सं. २०७० साल), कोहि छन् कि ? (२०७४) लगायतका गीति एल्बम छन् साथै खुसी रम्ने ओठभरी (२०७५) गीतिसंग्रह प्रकासन्मा छन् ।
रित्तो सडकमा, नजरको दोषी बनी, पहिलो भेटको, भिज्यो है भिज्यो, कसको आँखा लाग्यो बरै, विन्ती, हिड्दा कहिले ठेस लाग्छ लगायत उहाँका चर्चित आदि गीतहरु हुन् भने केही चलचित्रहरुमा पनि उनले गीत लेखेका छन् । उनका गीतमा आनन्द कार्की, सुनिता सुब्बा, लोचन भट्टराई, रिमा गुरुङ, रामकृष्ण ढकाल, देवराज आलेमगर, तारा श्रीष, यम बराल, पुनम् प्रधान,जोन, नविन के भट्टराई, सविता खरेल, पुनम गुरुङ आदि गायक गायिकाहरुले स्वर दिएका छन् भने विजय सिंह मुनाल, राजु सिहं, सचिन सिहं, सुरेश अधिकारी, महेश खड्का, अशोक राई, कल्याण सिहं, निराश मगर आदिले सङ्गीतवद्ध गरेका छन् ।
गीतकार थापाका तिमी मेरो साथी र लोक तथा संस्कृतिका गीति एल्बम प्रकाशोन्मुख छन् हुरीपेक्स, आईका–नेपाल, घाँसी आदर्श नेपाल आदि सामाजिक सङ्घ संस्थामा क्रियाशील एवम् आबद्ध छन् भने ‘द बेष्ट टोन म्यूजिक’ तथा ‘भकारी म्यूजिक डेभलभमेन्ट कम्पनी’ का सञ्चालक हुन् । उहाँले साङ्गीतिक कार्यक्रमका े सिलसिलामा हङकङ, चिन र भारतको पनि भ्रमण गर्नुभएको छ । बाबा भू.भू. सैनिक मीनबहादुर मश्राङ्गीमगर र आमा स्व. विनिसरा मश्राङ्गीमगरको छोरा गीतकार थापाका तिन दिदि बहिनी र चार दाजुभाई मध्ये उनी साहिलो छोरा हुनुहुन्छ । थापा हाल श्रीमती रुपा र छोरा महिम सहित टोखा न.पा. ९ गोगंबुमा बस्नु हुन्छ । थापा सचिव भई हाल महासचिव हुनुहुन्छ ।