बुवा स्व. गणेश वहादुर थाम्सुहाङ र आमा स्व. किराँत नोमाको कोखबाट वि.स. २००४ सालमा पाँचथरमा जन्मिएका वसन्त थाम्सुहाङका रचनाहरु पचासको दशकबाट प्रकाशनमा आएका हुन् । कविता र गीत विधामा कमल चलाउदै आएका थाम्सुहाङको अवशेष र यायावर नामक सिडी प्रकाशन छन् ।
इलाममा बसेर साहित्य सिर्जना गरि रहेका थाम्सुहाङको सय भन्दा माथिको संख्यामा गीत र पाँच दर्जन कविताहरु प्रकाशित छन् । क्वान्टीटी होइन क्वालिटीमा ध्यान दिने कवि र गीतकारका रुपमा चिनिएका थाम्सुहाङ खेलकुदमा समेत संग्लनता राख्दछन् । माइ भ्याली फुटबल क्लब इलामका उपाध्यक्ष समेत रहेका थाम्सुहाङ व्याडमिटनका कुशल खेलाडी समेत हुन । गीतकार सङ्घ नेपालबाट प्रदान गरिने वर्ष गीत पुरस्कारबाट समेत पुरस्कृत भएका थाम्सुहाङ वर्तमान कार्यसमिति सदस्य हुनुहुन्छ ।