Chetan Khatiwada

Treasurer

Social Media

General Information

  • Joined Date: २०७८/०६
  • Occupation: -

Biography

बुवा ईश्वरी प्रसाद खतिवडा र आमा नर्वदा देवी खतिवडाको पांचौ सन्तानको रुपमा सर्लाहीको बरहथवामा वि।स। २०२४।११।२० मा जन्मनु भएका गीतकार चेतन खतिवडा सानै देखी कला साहित्य क्षेत्रमा जोडिनु भएको थियो । २०५२ साल आसार ७ गते श्रीमती सरिता कुमारी अधिकारी संग बैवाहिक जीवनमा बांधिनु भएका खतिवाडाका सन्तानका रुपमा २ छोरा छन । स्थायी ठेगाना सर्लाही लालबन्दी भएता पनि हाल उहां महालक्ष्मी न।पा। वडा नं। ५ टिकाथली ललितपुरमा बसोवास गर्दै आउनु भएको छ । बैकि¨ क्षेत्रमा ३० बर्ष सेवा गरी अवकास प्राप्त गर्नु भएका, उहांको दुई एल्बम ‘संयोग’ र ‘तिमी’ बजारमा आएका छन । यसका अलावा यो मुटुले त्यो मुटुलाई छुन सकिन्छ की, हिजो आज एउटा प्रश्न जस्ता गीतहरु पनि बजारमा आएका छन । खास गरी गीत, कविता, गजल, मुक्तक, कथा, लघुकथाहरु लेख्न रुचि राख्नु हुने खतिवडाका विभिन्न पत्रपत्रिकामा साहित्यीक रचनाहरु प्रकाशन हुंदै आएका छन । वहाँ गीतकार सङ्घ नेपालको कार्यसमिति सदस्य हुँदै तेह्रौँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट हाल कोषाध्यक्ष हुनुहुन्छ ।

Portfolio

  No Portfolio Found