सानै उमेरदेखि देखीगीत संगीतमा अभिरुचि राख्ने कोइराला २०४५ सालमा आफ्नो पहिलो गीतरेकर्ड गराई आफुलाई गीतकारको रुपमा सार्वजनिकीकरण गरेका हुन् । भोजपुरको काफ्लेमा जन्म भै सोको चार वर्ष पछि झापा गौरीगंज तथा कोरोवारीमा आई स्थायी रुपमा रहेका कोईराला हाल काठमाडौंको वत्तिसपुतलीमा स्थायी वसोवास गरी आएका छन् । झापाको कोरोवारी, खजुरगाछीमा निम्न माध्यामिक तथा गौरीगंज हाई स्कूलबाट स्कुले पढाइ सकी जनताकानुन क्याम्पसहुंदै नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनको अध्ययन गर्दै विगत २०४५ साल देखि नै आफ्नो कानुन व्यवसायमा आवद्ध रहका कोइराला पेसाले अधिवक्ता हुन् ।
कानुनको क्षेत्रमा किताव तथा लेख रचना समेत प्रकासित गरेका कोइरालाले गिती लेखनको क्षेत्रमा पनि २०४३÷४४ साल देखि नै निरन्तरता दिदै आइरहेका छन् र हाल उनका सयौ कालजयी गीतहरु रेकर्ड भै सकेका छन् । उनका गितहरुमा रत्नवहादुर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, दिनेश सुव्वा, मधुकर लोहनी, मणिकमल क्षेत्री, शेखर प्रधान, संगिता राना प्रधान, आनन्दकार्की, उदय सोतान, कुमार कान्छा, कुमार सानु(भारत), प्रदीपराज पाण्डे, नरेन्द्र प्यासी, किशोर खतिवडा, शुशील विश्वकर्मा, लास्मीत राई, एम वराल, लगायत दर्जनौ कालाकारले गीतमा गाउने तथा संगीत दिएका छन् भने घात, अभिलाष, अभिलेख, विधाता, दिलदिल उनीद्धारा रचित एलवमहरु हुन ।
अधिवक्ता तथा गीतकार कोइराला उच्च अदालत पाटन वार एशोसिएसनको कार्य समितिमा समेत रहेर आफ्ना कार्य सम्पादन गरी सकेका छन् भने सोहीबारको पार्षदमा समेत रहेर आफ्ना कार्य दक्षता प्रस्तुत गरेका छन् । हाल सोही बारसँग आवद्ध रही आफ्ना महत्वपूर्ण भुमिकाहरु निर्वाह गर्दै आइरहेका उनी कानुन तथा गिति लेखनमा उति कै ससक्त कलम चलाउन सक्ने गुणत्मक गीतकारको रुपमा आफूलाई स्थापित गरेका छन् भने तत्कालीन अवस्थामा रमेश कोइराला यस गीतकार सङ्घ नेपालका सशक्त भूमिका निर्वाह गर्न सक्ने कार्य समितिका सदस्यभित्र पर्दछन् ।