Subash Sangam Rai

Member

Social Media

General Information

  • Joined Date: -
  • Occupation: -

Biography

सोलुखुम्बुको लोखिममा २०४७ सालमा जन्मिएका सुवास संगम राई स्कूले जीवनदेखि नै कविता र गीतमा कलम चलाउँदै आएका प्रतिभा हुन् । वैदेशिक रोजगारीको सिलसिलामा केही वर्ष परदेश खेपेर पनि साहित्य सिर्जनालाई निरन्तरता दिई नै रहे । जस्को प्रमाण स्वरुप उनीद्धारा रचित ‘यात्रामा छुँ आफैँ’ (गीत सङ्ग्रह २०६८) , ‘सुदूर लालिमा’ (गजल सङ्ग्रह २०७०) र ३, ‘नेप्चीको लय’ (कविता सङ्ग्रह ०७३) सङ्ग्रहका रुपमा प्रकाशित छन् भने , दर्जनौँ गीत र गजलहरु फुटकर रुपमा प्रसारित छन् ।

आपा, डम्बर बहादुर राई तथा आमा हस्त कुमारी राईका छोरा सुवास संगम हाल अस्थाई रुपमा काठमाडौंमा बसोबास गरिरहेका छन् । उनी साहित्य सिर्जनाका अलवा सामाजिक कार्यकर्ताका रुपमा सामाजिक कार्यहरुमा सम्लग्नता राख्छन् । गीतकार सङ्घ नेपालबाट प्रदान गरिने वर्ष गीत पुरस्कार अन्तर्गत नगद रु ५१ हजार सहितको वर्षगीत पुरस्कार २०७३ (संयुक्त रुपमा, नृपध्वज खड्का) प्राप्त गर्न सफल भएको थियो ।

गीतकार सङ्घ नेपालको आजीवन सदस्य समेत रहेका राई विभिन्न प्रतियोगिताहरुमा पुरस्कृत भै सकेका छन् भने विभिन्न सामाजिक संस्थाहरुबाट सम्मानित समेत भै सकेका छन् । गीतकार सङ्घ नेपालबाट प्रदान गरिने वर्ष गीत पुरस्कारबाट पनि पुरस्कृत भएका थाम्सुहाङ वर्तमान कार्यसमिति सदस्य हुनुहुन्छ ।

Portfolio

  No Portfolio Found