General Information
- Joined Date: २०७९/०९/३०
- Occupation: -
Biography
बि.सं. २०२२ साल माघ २६ गते पिता बेदनाथ शर्मा पौडेल र माता नेम कुमारी (सीता) पौडेलको कोखबाट फर्पिङ्ग डोल्लूमा कमल पौडेलको जन्म भएको हो । हाल उँहा जीवन संगीनी नीरमला पौडेलका साथ कंलकी,काठमाण्डौँमा बसोबोस गर्नु हुन्छ । तीन छोरीको पिता उँहा कृषि बिकाश बैंकको अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ । उहाँको (संयोग) र (तिमी) दुई एल्वम वि.स.२०७५ सालमा बजारमा आएको हो । यसको अलावा (धेरै माया नदेउ) (चरी भूल्यो उसैको घरबारमा) गीतहरु पनि बजारमा आइसकेका छन । गीत,गजल विधामा रुचि राख्नु हुने उँहा हाल तेह्रौ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट गीतकार सङ्घ नेपालको कार्यसमिति सदस्य हुनुहुन्छ ।
Portfolio
No Portfolio Found