बसन्त चौधरीको जन्म २१ चैत्र, २०१३ साल बुधबारका दिन काठमाडौँको खिचापोखरीमा माता गङ्गादेवी र पिता लूनकरणदास चौधरीको माइला पुत्रका रूपमा भएको हो । उहाँ जन्मेको घर आज पनि खिचापोखरीमा त्यो बाल्यकालको स्मृति बोकेर सबुत उभिएको छ । पिता लूनकरणदास चौधरीले उहाँको लालनपालनमा कुनै कमी हुन दिनु भएन। उहाँले सामान्य स्कुलमै पढ्नुभयो र साधारण जीवन नै निर्वाह गर्दै आइरहनु भएको छ ।
उहाँ बाल्यकालदेखि नै संवेदनशील र भावुक प्रकृतिका व्यक्ति हुनुहुन्थ्यो । पछि यही सहयोगी र सद्भावी गुण विकसित हुँदै समाजसेवाका क्षेत्रमा रूपान्तरित हुनपुग्यो । संस्थागतरूपमै उहाँ समाजसेवामा लागेको वर्ष थियो– २०३१ । यसै वर्ष उहाँ लियो क्लब अफ काठमाडौँसँग आवद्ध हुनुभयो । र त्यसको तीन वर्षपछि,२०३४ सालमा त उहाँ आफ्नो सक्रियता र लगनशीलताका कारण त्यसको सर्वोच्च पद ‘अध्यक्ष’ मै मनोनित हुनभयो ।
उहाँ यस क्लबसँग आवद्ध भएपश्चात् राजधानी वरपर रहेका काँठका बासिन्दाहरूलाई लक्षित गरी शिवरात्रिको अवसर पारेर पनि अनकौँ स्वास्थ्यशिविरहरू सञ्चालन गर्नुभया । यही आधारभूमिमा उभिएर पछि २०५२ सालमा सुनसरीको दुहबीमा ‘श्री लूनकरणदास–गङ्गादवी चौधरी च्यारिटी अस्पताल’ को स्थापना भएको हो ।
यतिबेलाम्म उहाँले समाजिक सेवाका क्षेत्रमा पु¥याएको महŒवपूर्ण योगदान राजधानीका प्रतिष्ठिति व्यक्तित्वदेखि दरबारका मानिसहरूसम्मका आँखा र कानसम्म ठोकिन पुगिसकेका थिए । त्यहीताका अर्थात् २०३८ सालमा तत्कालीन बडामहारानी ऐश्वर्यका े अध्यक्षतामा सामाजिक सेवा समन्वय परिषद्को स्थापना भयो । त्यस परिषद्को कोषाध्यक्षजस्तो प्रतिष्ठित पदमा मानोनित गरिन् ।
बसन्त चौधरीले सामाजिक सेवाका क्षेत्रमा पु¥याएका योगदानहरू यतिमै मात्र सीमित हुँदैनन् । उहाँ त पदका लागि काम गर्ने मानिस नै हुनुहुन्न थियो । उपलव्धि र परिणाममुखी काम गर्न रुचाउनु हुन्थ्यो । यसैले उहाँ नेपाल रेडक्रस सोसाइटीमा समतेत आवद्ध भई यसमार्फत समाज सेवाका विविध गतिविधिहरूमा मन, वचन र कर्मले सक्रियतापूर्वक लाग्नु भयो र यथेष्ट योगदानहरू खन्याइरहनु भयो । उहाँकै पहल र प्रयासमा राजधानीमा रेडक्रसको सहयोगार्थ पाकिस्तानका दुई महान् गजलगायक मेहन्दी हसन र गुलाम अलिको एकल गायनको आयोजना भयो । भारतीय गजल हस्ती जगजित–चित्र सिंहले पनि यसै प्रयोजनाका लागि राजधानीका गाए । यी आयोजनाहरू नेपालका लागि आफैँमा उम्दा र प्रंशसनीय ठहरिए ।
बसन्त नेपाल अर्बुदरोग निवारण सस्ंथाको महासचिव हुँदा अर्को अपूर्व आयोजना भयो । उहाँले २०४५ सालमा स्वर–सम्राट नारायणगोपालजस्ता अद्वितीय गायकको एकल गायनको आयोजना गर्नुभया– ‘स्वर्णिम सन्ध्या’ । यो स्वर–सम्राटको एकलगायनको पहिलो कार्यक्रम थियो । आज यो ‘स्वर्णिम–सन्ध्या’ आफैँमा एउटा इतिहास हुनपुगेको छ ।
त्यति बेलासम्म उहाँ समाजसेवाका विज्ञ नै भइसक्नु भएको थियो । त्यसैले यति नै बेला उहाँलाई अर्को महŒवपूर्ण जिम्मेवारी सुम्पियो । र बसन्त चौधरीलाई रानी ऐश्वर्यले पशुपति विकास कोषको सदस्य–सचिवमा मनोनित गरिन् । र बसन्तले आफ्नो कार्यकालमा त्यस क्षेत्रको सर्वाङ्गीण विकाका लागि गुरुयोजना बनाएर लागू गर्नुभयो । अहिले त्यस मन्दिर परिसरमा भएको विस्तार, जीर्णोद्धार र स्वच्छता बसन्तको त्यही योगदानको परिणाम हो भन्दा अत्युक्ति हुँदैन ।
पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव हुँदा उहाँद्वारा त्यहाँ स्थापित अवधारण होस् या त्यहाँबाट निवृत्त भएपछि ‘बसन्त चौधरी’ फाउन्डेसनको स्थापना गरी यसमार्फत् दूरदराजका गाउँबस्तीमा समाजसेवा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानका करण हुन्– यस्ता गतिविधिले बसन्त चौधरीभित्रको बहुआयमिक व्यक्तित्व अनि राष्ट्र र जनताप्रतिको अक्षुण्ण निष्ठाभाव र समर्पणको अनुकरणीय उदाहरण प्रस्तुत गर्छन् ।
अझ २०७२ सालको महाभूकम्पबाट पीडित जनसाधारणको उद्धार र पुनस्र्थापनको लागि यस फाउन्डेसनले प्रधानमन्त्री राहतकोषमार्फत् पु¥याएको आर्थिक योगदान अझ सान्दर्भिक र समयसापेक्षित छ । यसबाहेक उहाँको व्यक्तिगत प्रयासमा भएका सम्पूर्ण योगदानहरूको लेखाजोखा गर्ने हो भने यो सीमित आलेखमा असम्भव नै हुन्छ ।
उहाँको नर्भिक इन्टरनेसनल हस्पिटलले दुर्गम भेगहरूमा सञ्चालन गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरहरूले आफ्नै इतिहास बोल्छन् भने २०५२ सालमा सुनसरीको दुहबीमा स्थापित श्री लूनकरणदास–गङ्गादेवी चौधरी च्यारिटी अस्पतालले त्यस भेगका करिब एक लाख जनतालाई पु¥याएको निःशुल्क स्वास्थ्यसेवा निजी तबरबाट स्वास्थ्यसेवाका क्षेत्रमा भएको अतुलनीय योगदान मानिन्छ । यी यावत् क्रियाकलापहरूका कारण बसन्त चौधरी– एक विशुद्ध व्यापारी वा उद्योगपति मात्र नभएर उदारमना समाजसेवी तथा निष्काम मानवतावादी चरित्रका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा परिचित, स्थापित र सम्मानित हुन पुग्छन् ।
यी त भए बसन्तले सबैले देख्न गरेका सामाजिक कार्यहरू कामहरू । तर प्रकाशमा नआएका यस्ता अङ्ख्य गतिविधिहरू छन्, जसको विवरणात्मक विश्लेषण गर्दा यी सीमित पङ्क्तिहरूमा अटाउन सम्भव छैन । शिक्षाका लागि गरेका उहाँका कार्यहरू त्यतिकै गहन र गरिमायुक्त छन् । व्यक्तिगत तबरमा स्कुल, क्याम्पसका जेहेन्दार तर आर्थिक विपन्न यति धेरै विद्यार्थीहरू उहाँले प्रदान गरेको छात्रवृत्तिबाट लाभान्वित भएका छन् कि तिनको सङ्ख्या र नाम आज उहाँलाई समेत कण्ठ छैन । समष्टिमा उहाँले सहयोग माग्न आउने सबैलाई यथासम्भव सहयोग पु¥याइ नै रहनु भएको छ । परत्रहित र परोपकारका लागि उहाँले आफ्नो मुटठी कहिल्यै कस्नु भएन् । वास्तकवमा परोपकार त उहाँको स्वभाव नै बनिसकेको छ । उहाँका नसानसामा बग्ने रक्तकणसँगै यो भावना र यो सद्भाव बगि नै रहेको छ र बगि नै रहने छ– सतत् ।
बसन्त चौधरीले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानलाई पनि आँखा चिम्लिन सकिँदैन । रियलम र उर्वशी मासिकजस्तो आफ्नो समयको एक्लो म्यागजिनको प्रकाशन । उहाँद्वारा प्रकाशित दी इन्डिपेन्डेन्टजस्तो त्यस बेलाको अङ्ग्रेजी भाषाको सर्वाधिक चर्चित ट्याल्वाइट साप्ताहिकमार्फत् पु¥याएको योगदान होस् या त्यसबेला कल्पनासम्म नगरिएको विज्ञापन संस्था– ग्रुप थ्री एड्भरटाइजिङ् एजेन्सीको स्थापना र सञ्चालन होस् या रेकर्डिङ् स्टुडियो चलाउने कुरा हुन् । यी आफैँमा त्यस युगका लागि कोसेढुङ्गा थिए, मार्गदर्शक कार्य थिए र अग्रगामी परिकल्पना थिए । र थिए समयभन्दा गतिशील कल्पनामा बुनिएको कार्य । आज त्यही बाटोलाई पछ्याउँदै दर्जनौँ विज्ञापन–संस्थाहरू खोलिएका छन् । सयौँ स्टुडियोहरू सञ्चालन गरिएका छन् ।
बसन्त चौधरी जीवनवृत्तिका दृष्टिले एक उद्योगी–व्यापारी नै हुनुहुन्छ । आफ्नो परिवार र उहाँसँग आश्रित वर्गका लागि उद्योग–व्यापार गर्नु उहाँको मूल कत्र्तव्य हो । उहाँको व्यावसायिक यात्राको आरम्भ २०३१ सालबाट भएको हो, जतिखेर उहाँ मात्र १८ वर्षमा पाइला चाल्दै हुनुहुन्थ्यो । खिचापोखरीमा खुलेको त्यस बेलाको प्रसिद्ध अरुण इम्पोरियममा उहाँ बिक्रेताको रूपमा काम गर्नुहुन्थ्यो । उहाँले त्यहाँ बसेर बिस्तारबिस्तार उद्योग–व्यापारको सूत्रहरू बुझ्नुभयो र पिताजीका पछि लागेर उद्योग–व्यापारको महासागरमा गोता लगाउन थाल्नु भयो । आज उहाँ पिताजीबाट सिकेका यिनै कला र सीप सिञ्चन गर्दै उद्योग–व्यापारको क्षेत्रमा एउटा सम्मानित र स्थापित नाम हुन पुग्नुभएको छ ।
बसन्तको अर्को सर्वाधिक महŒवपूर्ण पाटो हो– साहित्य–सिर्जना । माथि नै उल्लेख गरिसकियो बसन्त चौधरी विनम्र, भावुक र सहृदयी व्यक्ति हुनुहुन्छ । त्यसैले उहाँका अधिकांश गीत र कवितामा अभिव्यक्त सन्दर्भ र भावहरूले कवि बसन्तभित्र अन्तर्निहित यही सुकोमल मानवीय भावनालाई उजागार गर्छन् । उहाँका मनमा प्रेम छ, प्रेमसँगै स्नेह र सद्भाव छन् । उहाँ गीत र कवितामार्फत् नेपाली जनजनमा यही मायालु सद्भाव र सहिष्णुताको बीउ छर्दै हिँड्न चाहनुहुन्छ ।उहाँका गीतहरूले बन्दुकको युद्धले भन्दा कलमबाट निस्केको हार्दिकता र प्रेमले मानिसलाई जित्न सकिन्छ भन्ने सन्देश दिन्छन् र दिइरहेकै छन् । उहाँको अफ्नो मान्यता नै के छ भने जुन कुरा शान्तिबाट सहजरूपमा प्राप्त गर्न सकिन्छ, त्यही कुरा युद्धबाट असम्भव छ । अर्थात् मानिसको मन प्रेमले मात्र जित्न सकिन्छ । त्यसैले उहाँका अधिकांश गीत या कविताहरूमा शिष्ट र सुन्दर प्रेमअभिव्यक्ति पाइन्छन् ।
मानिस भन्छन्, व्यवसायको यस्तो व्यस्त दिनचयर्नमा पनि बसन्त कसरी यस्ता सुन्दर सिर्जना उमार्न सक्षम हुन्छन् ?खाने मुखलाई जुँगाले छेक्तैन भनेझैँ सिर्जनशील हातहरूलाई जति नै व्यस्त दिनचर्यामा पनि फुर्सदको क्षण निस्किन्छ । उहाँ जब व्यापार र व्यावसायको व्यस्त दिनचर्याबाट मस्तिष्कले अलिकति विश्राम लिन्छ अनि उहाँको मन अर्थात् हृदय सक्रिय हुनथाल्छ । उहाँभित्रको सिर्जना–चक्र जागृत हुन्छ र हृदयले भावना र अनुभूतिसँग वार्तालाप गर्न थाल्छ । त्यसपछि उहाँका कलमबाट जीवन र जगत्लाई बुझ्ने र व्यक्त गर्ने अर्कै आयाम सुरु हुन्छ । सिर्जनाको मीठो र अनुभूतिपूर्ण आयाम ।
२०४४ सालमा ‘उर्वशी’ मासिक पत्रिकामार्फत् ‘तुषारोलाई पिउँदै’ गीत लिएर देखापरेपछिउहाँ २०४८ सालमा कृतिगत रूपमा पहिलो कोसेली स्वरूप एकल गीति एल्बम ‘माया बल्झेछ’ लिएर साङ्गीतिक दुनियाँमा पनि प्रवेश गर्नुभयो । त्यसपछि भने उहाँले पाठक–श्रोताका मनमा गीत र कविताले निरन्तर माया बल्झाइ नै रहनुभयोर आज यो क्रम अझ गतिशील र गम्भीर सिर्जनाहरूमा देखा पर्न थालेको छ ।
यो क्रम अविरल गतिमा बग्दै जाँदा उहाँ गद्य र पद्य दुवै विधामा एकनास कलम चलाउँदै सिर्जनाको मूलधारामा प्रवाहित हुनथाल्नु भयो । अनि नेपाली वाङ्मयमै एक सशक्त हस्ताक्षरका रूपमा स्थापित हुन पुग्नुभयो उहाँ । काव्यमार्फत् सिर्जना सुरु गरे तापनि उहाँ पुस्तकाकारका रूपमा सार्वजनिक हुँदा भने सर्वप्रथम गद्य विधामार्फत् नै देखापर्नु भयो । त्यही समयमा हो उहाँका दुइटा प्रबन्ध–सङ्ग्रह ‘राष्ट्रियता नदुखोस्’ (वि.सं २०६३) र ‘संवाद’ (वि.सं. २०६५) प्रकाशनमा आएका ।
तर बसन्त चौधरीले आफूलाई पहिला गीतकारका रूपमा नै आफूलाई स्थापित गराउनु भयो । यस क्रममा उहाँका दर्जनौँ गीत सुरवद्ध र स्वराङ्कित हुनपुगे । उहाँका हृदयबाट निस्केका गीतहरू मानिसको अन्तस्करणलाई स्पर्श गर्दै लोकप्रिय भए ।
यस क्रममा उहाँका .माया बल्झेछ,तिम्रो नाममा,रिफ्लेक्सन अफ लभ,वन्ली लभ,लभ फरएभर र वसन्तबेला नामक छओटा नेपालीका र मुमेन्ट्स् अफ लभ र कुछ ख्वाहिशें कुछ बंदिशें नामक दुइटा हिन्दीका गरी जम्मा आठवटा एकल गीतिएल्बमहरू प्रकाशन भइसकेका
छन् ।
यसबाहेक पछिल्लो समय नेपालीसँगसँगै हिन्दी भाषामा पनि कलम चलाउन थाल्नुभएका स्रष्टा बसन्त चौधरीको पहिलो काव्यकृति नेपाली र हिन्दी दुवै भाषामा प्रकाशित मेघा(वि.सं. २०६८) हो । त्यसपछिमेरा कविताहरू (वि.सं.२०७१) मा प्रकाशित भयो । यसलगत्तै हिन्दी भाषामा सिर्जित पहिलो काव्यकृति आँसुओं की सियाही से, (वि.सं. २०७२) मा प्रकाशित भयो ।
त्यसपछि उहाँ एकैचोटि नौवटा काव्यकृतिहरू लिएर पाठकसमक्ष देखा पर्नु भयो ।यो कृति हो, कविता–सङ्ग्रह वसन्त। यी कृतिहरू नेपाली बाहेक अङ्ग्रेजी, हिन्दी, नेवारी, तामाङ, मैथिली, भोजपुरी, मारवाडी र बङ्गाली भाषामा अनुवाद भएर पाठकसमक्ष पुगिसेका छन् । यसै वर्ष उहाँको अर्को हिन्दी र अङ्ग्रेजी कविताहरूको सङ्ग्रह पनि प्रकाशित भएको छ– ‘चाहतोँ के साये में’ ।
साहित्यप्रतिको यही अगाध श्रद्धा र मायाका कारण उहाँले आफ्ना पिता लूनकरणदास चौधरी र आमा गङ्गादेवी चौधरीलाई संरक्षक राखेर २०५२ सालमा आफ्नै अध्यक्षतामा श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्य–कला मन्दिरको स्थापना गर्नुभयो । र यस संस्थाका गतिविधिले उहाँलाई समग्र नेपाली वाङ्गमयकै समृद्धिमा चिन्तिनशील एवम् क्रियाशील एक समर्पित स्रष्टाका रूपमा परिचित गरायो । साहित्य–कला मन्दिरले अहिलेसम्म साहित्य, कला र संस्कृति क्षेत्रमा १०३ जना हस्तीहरूलाई सम्मानित गरिसकेको छ । यो आफैँमा एक स्तुत्य कार्य मानेका छन् यी क्षेत्रले । र बसन्त चौधरीको सिर्जना–यात्रासँगै साहित्य, कला र संस्कृति क्षेत्रलाई प्रतिष्ठित र समुन्नत बनाउनुपर्छ भन्ने अवधारणको पुष्ट्याइँ पनि भएको छ ।
प्रकाशनका क्षेत्रमा पनि उहाँले व्यक्तिगत तथा संस्थागतरूपमा ठूलो योगदान पु¥याउँदैआउनु भएको छ । उहाँ आवद्ध श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले मात्र नेपाली भाषा, साहित्य, इतिहास–अनुसन्धानका आठवटा कति प्राकशित गरिसकेको छ ।
एकल विश्वकाव्य–यात्रा उहाँको अर्को उदाहरणीय पाटो हो । नेपाली भाषा, साहित्य एवम् संस्कृतिलाई विश्वव्यापी रूपमा प्रचार–प्रसार गर्ने तथा प्रवासमा बसेका नवोदित पुस्तालाई आफ्नो भाषा–संस्कृतिका बारेमा सचेत गराउने पवित्र उद्देश्यले सन् २०१२ अगस्त १२ मा अमेरिकाको न्युयोर्कबाट सुरू भएको बसन्तको एकल ‘विश्व काव्ययात्रा’ हालसम्ममा विश्वका एघारवटा देशका सत्रवटा सहरमा पुगिसकेको छ ।यी स्थानमा उहाँले आफ्ना कविताहरूको प्रस्तुतिका माध्यमबाट नेपाली कविताको समकालीन धारलाई समेत प्रस्तुत र परिचित गराउने काम गरिरहनु भएको छ । सँगसँगै देशभित्र पनि उहाँका एकल काव्ययात्रा बाक्लै हुनथालेका छन् ।
साहित्य–कला मन्दिरमार्फत् उहाँले पु¥याइरहेको अर्को उल्लेखनीय अभियान हो– ‘हामी ः कवि र कविता’ । सर्वनाम नाट्य संस्थासँगको सहकार्यमा २०६९ सालमा आरम्भ गरिएको यस शृङ्खलामा पुराना र नयाँ पुस्ताका कविहरूले आफ्नो साधना अभिव्यक्त गर्ने मञ्च पाएका छन् । प्रत्येक महिनाको १ गते सर्वनाम नाट्यशालामा दुईजना कविहरूले आफ्ना कविता पाठ गर्छन् । र आजसम्म यो निरन्तर छ । यसबाहेक नवोदित कविहरूलाई प्रोत्साहन गर्न सांस्कृतिक संस्थानसँगको सहयात्रामा प्रत्येक महिनाको १५ गते ‘काव्याङ्कुर’ नामक कार्यक्रम पनि सुरु भइसकेको छ ।
यसरी व्यापारसँगसँगै समाजसेवा र साहित्यको सिर्जनामा लागिरहनु भएको छ बसन्त चौधरी । र, उहाँ व्यापार–व्यवसायमा जति सक्रिय हुनुहुन्छ, समाजसेवा र सिर्जनामा पनि त्यति गतिशील हुनहुन्छ । समय सबैका लागि २४ घन्टाकै हुन्छ तर आश्चर्य लाग्दो कुरा के छ भने यही २४ घन्टामा बसन्त चौधरी एक साथ एक उद्यमी, समाजसेवी र सर्जकका रूपमा सक्रिय हुन सकिरहनु भएको छ ।